नायिका आशिका तामाङ रुँदै मिडियामा, कसले दुखायो उनको मन [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। आशिका तामाङ नायिका हुन्। उनलाई आम सर्वसाधारणले नायिका भन्दा पनि खसिनी काण्डबाट धेरै चिनेका छन्। अहिले उनको अर्को काण्डले बजारमा हंगामा मच्चाएको छ। त्यो हो फुल काण्ड।

कलंकी देखि कालिमाटीसम्मको मेन रोडमा एक्कासी उनको नज़र पुग्यो। डिभाइडर बिचमा, हिलो सडक, फोहोर, धुलो धुवा देखेर उनले डीभाइडरमा आफ्नै खर्चले फुल रोप्ने निधो गरिन्। उनले फुल रोपिन् पनि। फुल रोपे पछि बिहान बिहान फूलमा पानी हाल्न उनी घर देखि बाल्टिनमा पानी बोकेर ल्याउथिन्।

एक दुई दिन पश्चात ४ वटा फुल गाएब भयो। फुल चोरको देखेर उनलाई निकै नरमाइलो लाग्यो। त्यसपछी उनी रुदै एउटा भिडियो रेकर्ड गरिन् अनि फेसबुकमा पोस्ट गरिन्। उक्त भिडियोमा उनी फुल चोरेको भन्दै रोएकी थिइन्।

यहिँ हो उनको नँया फुल काण्ड। कतिले उनलाई ‘पागल’ शब्दले समेत सम्बोधन गरेर उनलाई गाली गरेको उनले बताइन्। उनले भनिन् ,’मैले मेरो भावना पोख्दा मलाई धेरैले अपशब्द प्रयोग गर्दै गाली गर्नु भयो। अशैय भएर मैले हिजो हजार भन्दा बढीलाई ब्लक पनि गरे।’

फुल चोरी भएपछि उनले ‘यो फुल चोर्नेलाई माहापाप लाग्छ’ भनेर एउटा प्याम्प्लेटमा लेखेर पनि टासेकी छिन्।

कहिले खसिनी काण्ड त कहिले फुल काण्डले हिट बन्न पुगेकी आशिका अब फेरी चलचित्र बनाउने तयारिमा छिन्। चलचित्रको कथा लेखन भइरहेको उनले बताइन्।

अशिका तामाङसँग गरिएको थप रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू