नायिका निता ढुंगाना “फरिया”को डिजाईनमा यस्तो देखीईन [फोटो फिचर]

शर्मिला गुरुङ

काठमाडौँ, ६ फागुन : पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् ।

पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको “ईलिजेन्ट ब्राईडल फेयर” नामक फेशन शो तथा फेयरमा आकर्षक रुपमा प्रस्तुत भएकी हुन ।

फरिया डिजाईनले काठमाडौँ ठमेल स्थित छायाँ कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन।

उक्त फेशन शोमा ४० जना विभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए ।

कार्यक्रममा ५ वर्ष देखी ३५ वर्ष उमेर समुहका मोडेलहरुले सहभागीता जनाएका थिए ।

वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकर्षक स्टलहरुले कार्यक्रममा थप रौनक थपिएको थियो । कार्यक्रममा फ्री मेकअप, फुड टेस्टिङका स्टलहरु पनि राखिएको थियो ।

विवाह समारोह तथा दुलहीका लागी प्रयोग हुने वेष्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेष्टर्न गाउन प्रेमिहरुको लागि यस् कार्यक्रमको आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् ।

फरिया फेशनको स्टोर जमल स्थित विश्वज्योती मलमा अबस्थित रहेको छ । यस् शो को कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो ।

प्रतिक्रिया