नायिका रेखा थापाको प्रश्न : १८ करोडको गाडीले देशलाई के दिन्छ ?

रिता घिसिंग

काठमाडौँ : राष्ट्रपतिको कार्यालयले गाडी खरिद गर्ने भन्दै सरकारसँग मोटो रकम मागेको खबरले अहिले अहिले यो विषय निकै चर्चामा छ। राष्ट्रपतिको कार्यालय सरकारसँग राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाको निम्ति भन्दै १८ करोड रुपैयाँको गाडी किन्न रकम माग गरेपछि कतिपयले यसलाई राज्यकोषको दोहन भन्दै आलोचना गरिरहेका छन्।

यसैबीच नायिका रेखा थापाले पनि राष्ट्रपति कार्यालयको सो कदमको चर्को आलोचना गरेकी छिन्। उनले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै राष्ट्रपतिको लागि किन्न लागेको गाडीले देशलाई के देला भनेर प्रश्न गरेकी छिन्।

‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनतालाई । तर अठार जना छोरीले आफू यो देशको राष्ट्रप्रमुख हुने सपना देख्छन् त ? यो लगानीले देशलाई के दिन्छ?,’ उनले आफ्नो फेसबुकमा लेखेकी छिन्।

प्रतिक्रिया