नायिका वर्षा र संजोगले गरे इंगेजमेन्ट, प्रेम दिवसमा विवाह हुने [फोटो फिचर]

मनिषा थापा

लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चर्चित नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् । फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारी गरिरहेका यो जोडीले सोमबार काठमाण्डुको रोयल सिङ्गी होटलमा इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा यी दुवै परिवारका सदस्यहरु उपस्थित थिए ।

विवाहको मिति नजिकिदै गर्दा उनीहरु विवाहको तयारीमा पनि जोडतोडले लागिरहेका छन्। सेतो लेहेंगामा सजिएकी उनी तस्विरमा निकै राम्री देखिएकी छिन्। उनीहरुको जोडी तस्बिरमा निकै आकर्षक र लोभलाग्दो देखिन्छ। हेर्नुहोस तस्विरहरु…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू