नास्टमा राजनीति : ‘बार्गेनिङ’ले प्रतिष्ठान उपकुलपतिविहीन

admin

काठमाडौं, कात्तिक ७ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो । नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारीविहीन बनेको हो ।

प्रतिक्रिया