निकयंकाको विवाहको पहिलो तस्बिर सार्वजनिक [फोटोफिचर]

मनिषा थापा

पिएनपिखबर  :  बलिउडबाट हलिउडसम्म चर्चामा रहने हिरोईन प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले गत १ र २ डिसेम्बरमा विवाह गरेका थिए।

दुबैले पहिला क्रिश्चियन र त्यसपछि हिन्दु रितिरिवाजबाट विवाह गरेका हुन्। विवाहको समय उनीहरुको तस्बिर सार्बजनिक भएको थिएन जुन अहिले भएको छ। यी तस्बिर सामाजिक संजालमा निकै भाइरल भईरहेको छ।

  प्रियंका चोपड़ा र निक जोनसको विवाहका मेहेन्दीको तस्बिर पछि अब अमेरिकाका चर्चित म्यागेजिन पिपल्सले यी दुबैको तस्बिर आफ्नो कभर पेजमा राखेका छन्।पिपल्स म्यागेजीनले सोशल मीडियाभर प्रियंका चोपड़ा र निक जोनसको विवाहको मण्डपको तस्बिर पनि शेयर गरेको छ ।

यसमा प्रियंका चोपड़ा र निक जोनसको जम्मा तीन फोटो शेयर गरेको छ। एक फोटोमा प्रियंका चोपड़ा र निक जोनस हिन्दु रीति-रिवाजमा विवाहका तस्बिर देखिएका छन्। अरु तस्बिरमा क्रिश्चियन विवाहका तस्बिर देखिएको छ जुन निकै भाइरल भईरहेको छ।

प्रियंका र निकले मङ्गलबार  दिल्लीको होटल ताज प्यालेसमा आफ्नो विवाहका पहिलो ग्रयाण्ड रिसेप्शन भएको छ।

प्रियंकाले प्रधानमन्त्री देखि नजिकैको करीबी नातेदार र मित्रहरुसम्मलाई निमन्त्रणा गरिएको थियो। यसपछि मुम्बईमा रिस्पेशनमा प्रियंका र निकले पुरा बलिउडलाई निमन्त्रणा पठाईएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू