निकी हेलीद्वारा राजिनामा

admin

वासिङटन, २३ असोज : संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजिनामाबारे समाचार प्रशारण भएका छन् तर उहाँको राजिनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन् ।
-रासस÷एएफपी

प्रतिक्रिया