निद्राको गोली खाएका दम्पतिलाई मरेको सम्झी पाल्तु कुकुरले खान थाल्यो अनुहार

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको डेट्राइटमा एक राक्षस कुकुर र ६ बर्षिय बालिकाको चतुर्याईको एक घटना सार्वजनिक भएको छ। ६ बर्षिय बालिकाको आँखै अगाडी घर पालुवा कुकुरले उनको पिताको अनुहार खाईरहेका थिए। त्यसपछि उनको आमाको पालो थियो। आमा बेहोस थिइन्। यो भयानक दृश्य बालिकाको अगाडी घटीरहेको थियो। ६ बर्षिय बालिकाले यस्तो गरिन कि जसले आफ्नो साथ साथै आमाको पनि ज्यान जोगिएको छ।

माउंट मॉरिस रेसिडेन्सीमा बस्ने एक परिवारको पिटबुल कुकुरले अनुहार खाएको छ। यो घटना देखेर ६ बर्षिय बालिका लुकिन। लुक लुक काम्दै यी ६ बर्षिय बालिकाले चतुर्याईका साथ फोटो खिचेर फेसबुकमा अपलोड गरिन। फोटो देखेर आफन्तले यो घटनाबारे प्रहरीलाई खबर गरे।

पति-पत्नी दुवैले निद्राको औषधि खाएका थिए। पत्नी ओभर डोजकाकारण बेहोस थिइन्। यसैबीच पाल्तु कुकुरले मरेको सम्झेर बालिकाको बुबाको अनुहार खान शुरु गरे। बालिकाले सहि समयमा तस्बिर नलिएको भए सायद आमालाई पनि कुकुर खान्थ्यो।

बालिका चांडै बिउझिन। त्यसपछि उनले आमा-बुबालाई उठाउन खोजिन पानी पनि छर्किन तर पनि बुबा आमा उठेनन। सोहि समय पाल्तु कुकुर आएर बुबाको अनुहार खान थाले।

प्रतिक्रिया