नियम तोड्ने श्रीमानलाई ट्राफिक प्रहरीमा कार्यरत आफ्नै श्रीमतीले समातेपछि (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : झज्जरको अंबेडकर चोकमा ट्राफिक चेकिङ चलिरहेको थियो । यस क्रममा निकै रमाइलो घटना देखियो । ड्युटीमा रहेकी एक महिला ट्राफिक अफिसरले मोटरसाइकलमा गएरहेका एक व्यक्तिलाई रोकिन् । ती मोटरसाइकल सवार ट्राफिक महिलाका आफ्नै श्रीमान थिए । श्रीमानले केही सोच्न नपाउँदै श्रीमतीले सोधिन् ‘हेलमेट कहाँ छ ?’ प्रश्न सुनेपछि सुरुमा त पतिदेव मुस्कुराए त्यसपछि भने अलमल परे ।

महिला ट्राफिक प्रहरीले अनौठो पाठ सिकाउँदै पतिलाई गुलाफको फूल र चकलेट दिइन् । साथमा सम्झाउँदै ट्रफिक नियम फलो गर्न भनिन् । उनले श्रीमानलाई अबदेखि हेल्मेट लगाएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न बाचा गराइन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू