निरु खड्काद्वारा निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : कलाकार निरु खड्काद्वारा निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा शुशिला स्वाडेनको आवाज रहेको छ भने शब्द मानी आर बस्नेत र संगीत बलन्द राईको रहेको छ । धेरै पछि नामक एल्बममा समावेश उक्त गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन ।

साथै उनलाई अभिनयमा कलाकार श्रीराम र राघवले साथ दिएका छन् । भिडियोमा माधव बेल्वासेको सम्पादन, सागर गौतमको छायांकन रहेकोछ । थुप्रै चलचित्र टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेर सफलता कमाएकी निरु खड्का पछिल्लो पटक निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन ।

प्रतिक्रिया