निर्देशक एण्टिनाद्वारा निर्देशित नयाँ भिडियो बजारमा आउँदै

मनिषा थापा

पिएनपिखबर : नेपाली फिल्म जगतमा परिचित नाम मध्ये घनश्याम तिमल्सिना “एन्टिना” पनि एक हो। विगत १८ वर्ष देखि उनी नेपाली फिल्मी क्षेत्रमा लागि परिरहेका छन।

उनले विगतमा करिब १ दर्जन भन्दा बढी टेलिफिल्म नेपाल टेलिभिजन र २ मा गरे। धेरैलाई कलाकार बनाए अनि धेरैलाई निर्देशन पनि। टेलिफिल्मकै यात्रामा उनले शिक्षा जगतको विकृतीहरु उजागर गर्दै शैक्षिक (शिक्षा मुलक)फिल्महरु बनाउन थाले। हाल उनले १७ वटा शैक्षिक (शिक्षा मुलक) फिल्म निर्माण निर्देशन गरिसकेका छन।

यसै बिचमा १०० भन्दा बढी म्युजिक भिडियो बनाइ सकेका निर्देशक एन्टिनाद्वारा निर्देशित फेरी अर्को म्युजिक भिडियो रिलिज गर्ने तयारीमा छन। प्रियासेन्चुरीको आवाज रहेको यस आधुनिक गीतमा चन्दा लिम्बू र लक्ष्मी शिवाकोटीको अभिनय रहेको छ। भारतमा ७ वर्ष संगीत सिकेर नेपाली भुमी आएकी चन्दा चुरिफुरी नामक हाँस्य सिरियलमा अभिनय गरिरहेकी छिन्। चन्दा र निर्देशक एन्टिनाको सहकार्यमा बनेको नयाँ म्युजिक भिडियो बजारमा चाडैं आउने तयारीमा छ।

प्रतिक्रिया