निर्देशक राजकुमार हिरानीमाथि पनि लाग्यो यौन उत्पीडनको आरोप !

मनिषा थापा

काठमाडौँ : बलिउडका भेट्रान फिल्म मेकर राजकुमार हिरानीको नाम विवादमा फसेको छ ।

उनको साथमा फिल्म सन्जुमा काम गर्ने असिस्टेन्ट निर्देशकका रुपमा काम गरेकी एक महिलाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

मिडिया रिपोर्टका अनुसार उनीमाथि राजकुमार हिरानीले ६ महिनासम्म यौन शोषण गरेको आरोप लगाएकी हुन् ।

उनले यसबारे फिल्म निर्देशक विधु विनोद चोपडालाई एउटा इमेल पनि गरेको बताएकी छिन् । तर, फिल्म मेकर राजकुमारका वकिलले उनीमाथि लागेको सबै आरोपको खारेज गरेका छन् ।

ती महिलाका अनुसार अप्रिल ८, २०१८ मा गरिएको उक्त मेलमा राजकुमारले लाजमर्दो टिप्पणी गरेको बताइएको छ । त्यसपछि आफ्नो घर र काम गर्ने ठाउँमा जबरजस्ती गर्ने प्रयास गरेको उनले बताएकी छिन् । राजकुमारले यसबारे कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू