निर्मलाको आमाले लिइन् राहतः ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

admin

काठमाडौं, जेठ ९ : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् ।

प्रतिक्रिया