निर्मलाले न्याय नपाउदा प्रधानमन्त्रीकै राजिनामा माग [हेर्नुहोस भिडियो साहित्]

रिता घिसिंग

काठमाडौँ  :  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महरले यस्तो माग गरेका हुन् । उनले भने,‘साथीहरुले आईजीपीको राजिनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हामीलाई आभाष भएको छ ।’

अध्यक्ष महरले यस्तो माग गरेका हुन् । उनले भने,‘साथीहरुले आईजीपीको राजिनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हामीलाई आभाष भएको छ ।’महरले जताततै कालाबजारी, माफीयाहरुको चलखेल, सुन तस्करहरु समात्दै फेरी कमिशन खाँदै छोड्दै बलात्कारी र हत्यारलाई संरक्षण दिने काममा सरकार लागेको आफूहरुलाई आभाष भएको आरोप लगाए ।

उनले थपे,‘जे जसरी सरकार पछिल्लो पटक यो ७–८ महिनामा जनताका दैनिक दिनचर्याका चिजबस्तुमा ३ सय प्रतिशतभन्दा बढि मुल्य वृद्धि भएको छ ।त्यो कांग्रेसलाई वा नेविसंघलाईमात्रै मुल्यवृद्धि भएको होईन । समग्र पत्रकारहरुलाईपनि यसको मार परेको होला।’ पेट्रोलियम पदार्थको मुल्य हरेक १५–१५ दिनमा वृद्धि गरिएको सुनाउँदै उनले कडा आपत्ति जनाए । उनले थपे,‘पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि त्यसले जनताका दैनिक जीवनमा आवश्यक पर्ने हरेक वस्तुमा मुल्य वृद्धि गराएको छ । त्यतिमात्रै होईन, यातायातका सबै साधनहरुमा आज जथाभावी र मनोमानी त छँदैछ । सिण्डिकेट अन्त्य हुने भनियो तर अहिलेसम्म भएको छैन । सिण्डिकेटका सञ्चालकहरुसँग सरकारले केही नजरआना लिएर सिण्डिकेटपनि केही अन्त्य भएको छैन् ।’

भर्खरैमात्रै सत्तासिन दलका एक जना जिम्मेवारी पूर्वमन्त्री एवम् सांसदले चीनीको आयातमा १३ अर्बभन्दा बढि नेपाल सरकार प्रधानमन्त्री ओलीको क्याविनेटले गरेको निर्णयका कारणले सिण्डिकेट लागु भएको भन्ने उल्लेख गर्दै भने,‘ओलीको निर्णयका कारण एक अर्ब ६० करोडको भ्रष्टाचार भयो भन्ने कुरा बाहिर आएको छ । त्यतिमात्रै होईन, खानेपानी मन्त्रालय र संस्थानलगायत अन्य ठूला ठूला गम्भिर भ्रष्टाचारका विषयहरुपनि बाहिर आएका छन् ।’

रकारले सिण्डिकेटको अन्त्य गर्छु भनेर बोल्यो तर अहिलेसम्म एकाधिकार पूर्ण रुपमा अन्त्य नभएको भन्दै उनले सरकारको आलोचनासमेत गरे । त्यस्तै उनले भुमाफीयाहरुले अर्बोंको चलखेल गरेर ७ नम्बर प्रदेशको राजधानी सार्न कोशिश गरेको पनि आरोप लगाए । उनले भने,‘७ नम्बर प्रदेशको राजधानी धनगढीबाट अन्यत्र ठाउँमा सार्नको लागि भूमाफीयाहरुसँग मिलेर सरकारले भर्खरैमात्र यत्रो स्क्याण्डल मच्चिएको छ ।

पर्यावरणीय जोखिमलाई समेत ध्यान नदिएर त्यसको अनुमानसमेत नगरीकन, कुनै योजना, तर्जुमाबिनै हचुवाको भरमा राजधानी सारेर त्यसमापनि अर्बौं रुपैयाँ कुम्ल्याएको भन्ने कुरा तपाई हामीले सुनेका छौं ।’ उक्त विषयमा सत्यतथ्य घट्नालाई आधार मानेर समाचार छाप्दा दैनिक पत्रिकाहरु जलाएकोपनि उनले सुनाए ।

उनले भने,‘त्यसकारण सरकार हामीले हिजो भनेको सर्वसत्तावादी सोच, सबै समाज र देशका जतिपनि सत्ताहरु छन्, तीनीहरुलाई आफ्नो सिकञ्जामा लिएर सरकार निर्मम रुपमा अगाडि बढ्ने प्रयत्न गर्दैछ । त्यसकारण यो एकजना प्रहरी अधिकारीको कुरामात्रै होईन, समग्र सरकारको कुरा भएको कारणले मलाई लाग्छ, साथीहरुले गरेको घट्नालाई अझै माथि उठाएर समग्र रुपमा वर्तमान सरकार जो नेतृत्व गर्न सकिरहेका छैनन्, कुरा दुई तिहाईको छ, तर सुशासन जनताले पाएकै छैनन् ।

दिनप्रतिदिन विद्यालय, कलेज गएका बहिनीहरु बलात्कृत भएका छन्, बलात्कृतमात्रै होईन, मान्छेको ज्यानसमेत लिने अभ्यास भएको छ, हो यो क्रियाकलापमा समग्र केपी ओली सरकार असफल भएका कारणले म यहीँबाट एक विद्यार्थी संगठनको अध्यक्ष भएको नाताले मैले नेपाल सरकारका प्रधानमन्त्रीको राजिनामाको माग गर्दछु ।’

उनले ओलीले राजिनामा दिनुपर्ने र अर्को कोही आएर प्रधानमन्त्री चलाउनुपर्ने बताए । यद्धपी उनले आफूले कम्युनिष्टबाहेक अर्कोबाट प्रधानमन्त्री बन्नुपर्छ भन्दैनौं ।’ सरकार असफल भएको भन्दै देशलाई असफलताको खाडलमा जागिनबाट जोगाउनपनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने उनले बताए । उनले भने,‘हामी अर्को पार्टीबाट प्रधानमन्त्री बनाउनुपर्छ भन्दैनौं ।

तर, वर्तमान प्रधानमन्त्री असफल हुनुभयो । उहाँले सरकार सञ्चालन गर्न सक्नुभएन् । यो ८ महिनाको अवधिमा केपी ओली सरकार सञ्चालनका हरेक फ्याक्टरमा, हरेक तीरबाट असफल हुनुभएको छ । त्यसकारण यो एउटा कर्मचारीको विषयभन्दा समग्र सरकारको विषय रहेको हुनाले मैले आदरणनीय प्रधानमन्त्रीजीको सञ्चालन प्रक्रिया पुगेन, उहाँको ढंगले देश समृद्धि हुने कि देश झन अन्यौल र झन खाडलमा भासिने भएको कारणले मैले उहाँको राजिनामा मागे।’

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महिनौं बित्दापनि अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको भन्दै प्रहरी प्रशासन चुकेको आरोप लगाए । उनले भने,‘प्रहरी प्रशासनले सरकारलाई असहयोग गर्यो । निर्मला पन्त प्रकरणमा अपराधीलाई कारवाही गर्न प्रहरी चुकेको छ । हत्याकाण्डको घट्नामा प्रहरीहरुको कहीँ न कहीँ कनेक्शन छ भन्ने कुरा पछिल्लो दिनमा शंका गरिएको छ।’

प्रहरी प्रशासनले यो घट्नाको प्रमाणहरु नष्ट पारेको र प्रभावकारी रुपमा अनुशन्धान नगरेको उनले आरोप लगाए । उनले भने,‘त्यसैले त्यो प्रहरीको नेतृत्व गर्ने प्रहरी प्रमुखलाई अविलम्ब बर्खास्ती गर्नुपर्छ । अविलम्ब निलम्बन गर्नुपर्छ भनेर हामी दुवै विद्यार्थी संगठनले माग राख्यौं । किन राख्यौं ? प्रधामन्त्री हाम्रै पार्टीका हुनुहुन्छ । गृहमन्त्री हाम्रै हुनुुहुन्छ । तर, एउटा कर्मचारीको निलम्बन किन भन्यौं ? यतिवेला वर्तमान सरकार यो देशमा सबै हिसाबले भयरहित समाजको निर्माण गर्न, शान्ति, सुव्यवस्था कायम गर्नको लागि दृढताका साथ अघि बढिरहेको छ । यस कदममा महत्वपूर्ण ढंगबाट सहयोग गर्ने निकाय को हो भने त्यो प्रहरी हो ।

तर, प्रहरीले सरकारको, गृह प्रशासनको, मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्ने, अपराधीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने त्यो एउटा अभियान बनाएर कानुनी राज्यको उद्धघोषका साथ सरकार अघि बढेको अवस्थामा सरकारलाई सहयोग गर्न प्रहरी चुकेको छ । सरकारलाई असहयोग गरेको कारणले प्रहरीको नेतृत्व आईजीपीले असहयोग गरेको कारण दिनप्रदिन अपराधीहरुले सुरक्षित हिसाबले उन्मुक्ति पाउने भएकोले हामीले आईजीपीलाई अविलम्ब निलम्बन गरियोस भनेका हौं । र निर्मला पन्तका हत्यामा संलग्न दोषीहरुलई कारबाही होस् ।’

प्रधानमन्त्री भर्खरै स्वदेश फर्किएकोले आफूहरुले यी विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकार्षण गराउने उनले जानकारी दिए । उनले भने,‘अपराधीले उन्मुक्ति पाउनुहुँदैन्, दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’ आफूहरुले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरेको बताउँदै उनले अपराधीहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने धारणा राखे ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुले विल्कुलै निर्मलाको न्यायको निम्ति हिजो गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्पष्ट पारे । उनले जघन्य अपराधमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने,‘निर्मलाको न्यायको निम्ति हिजो हामीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । घट्ना संलग्न अपराधीहरुलाई पक्राउन गर्न नसकेको अवस्था छ, अहिले पीडित परिवारलाई न्याय दिलाउनु राज्यको सर्वथा दायित्व हो । देश र जनताको मुख्य चासो छ ।’

अहिलेसम्म प्रहरीले अपराधीलाई फेला पार्न नसकेको सुनाउँदै तामाङले भने,‘निर्मला बलात्कार हत्या काण्ड आज, एउटा यस्तो विकराल भयो । यो हत्याकाण्ड नै होईन की जस्तो, बलात्कार नै भएन की जस्तो, यस्तो प्रकारको एउटा अन्यौलपूर्ण अवस्था पैदा भयो । यसको जवाफ कसले दिने ? प्रहरी प्रवक्ताले नै हिजो स्विकार गर्नुभएको छ, प्रहरीहरुलई नै कारवाही गरिएको छ। निलम्बन गरिएको छ ।


त्यसको नैतिक जिम्मेवारी कसले लिने भनेर हामीले प्रश्न उठाएको हो । प्रहरी संरचनाको कुरा गर्दा प्रमुखको नै नैतिक जिम्मेवारी हुन्छ । हामीले कसैको व्यक्तिगत आधारमा, कसैको नियतमाथि व्यक्तिगत आक्षेप लगाउन खोजिएको होईन । हामीमाथिपनि आज प्रश्न उठाईएको छ । हामी कहिल्यैपनि हामीसँग जोडिएका अपराधीहरुलाई छुटाउन गएका छौं भने हामी सार्वजनिक पदबाट राजिनामा दिन तयार छौं ।’

आफूहरुले विल्कुल रुपमा निर्मलाको न्यायको निम्तिमात्रै यो कुरा उठाएको उनले सुनाए । त्यस्तै तामाङले बजारमा देखिएका सबैखाले एकाधिकार, मुल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘हामी सरोकारवालाहरुसँग परामर्श नै नगरीकन १० प्रतिशत भाडा वृद्धि गर्यो । हामीसँग भएको सहमति अनुसार लामो तथा छोटो दुरीमा ४५ प्रतिशत भाडा छुट हुनुपर्छ ।’

आफूहरुले प्रहरी प्रशासनको मनोबल गिराउनको लागि आईजीपीको राजिनामा माग नगरेको समेत उनले स्पष्ट पारे । उनले भने,‘अपराधीलाई कारबाही गरेर देखाए हामी आईजीपीलाई रथमा हालेर पूरै चक्रपथ परिक्रमा गराउन आँतुर छौं । आज राजिनामाको माग गर्यौं, बर्खास्तीको माग गर्यौं । भोलि हामी नै ५० किलोको माला लगेर हाम्रो आईजीपी र प्रहरीको प्रमुखलाई लगाईदिन्छौं । प्रहरी प्रशासनको शीर हिजो भएको धरहाराभन्दा उच्च होस भनेर प्रहरी प्रशासनको प्रशंसा गर्छौैं । हाम्रो रहर भनेको प्रहरीलाई रथयात्रा गराउने छ ।’

आफूहरुले कुनै आग्रह वा पूर्वाग्राह राखेर प्रहरी प्रमुखको राजिनामा नमाँगेको समेत तामाङले स्पष्ट पारे । उनले भने,ङले स्पष्ट पारे । उनले भने,‘निर्मलाको न्यायको निम्ति हामीले हाम्रो दायित्व निर्वाह गरेका छौं । प्रहरी प्रशासनले आफ्नो दाियत्वबाट विमुख भएर होईन, अझ धेरै जिम्मेवारी भएर प्रहरी अपराधी पक्राउ गर्न लागिपर्नुपर्छ ।’ समाजमा घट्ने अपराधहरु न्यूनिकरण गर्न आफूहरु भोल्युनटियर गर्न तयार रहेको उनले विश्वास दिलाए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू