निर्मलाले १५० दिनसम्म न्याय नपाएपछि सडकमा १५० दिन लेख्दै यसरी भयो सृजनात्मक विरोध !(भिडियो)

मनिषा थापा

पिएनपिखबर : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय पाँचस दिन पुगिसक्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन। हत्या भएको १५० दिनसम्म अपराधीको पहिचान हुन नसकेको विरोधमा प्रदर्शनकारीले राजधानीमा बानेश्वरको सडकमा ‘निर्मला १५०’ लेखि आइतबार प्रदर्शन गरेका थिए।

‘दण्डहीनताको १५० दिन’ भन्दै ‘जस्टिस फर निर्मला’का अभियानकर्मीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मोवाइलनम्बरसहितको पर्चा बनाएर उनीहरुलाई निर्मलाले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोध्न सर्वसाधारणलाई आग्रह गरेका थिए।

घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । दिन लम्बिँदै जाँदा घटनाबारे अनेक शंका–उपशंका चुलिए पनि हत्यारा पत्ता लागेका छैनन् । प्रहरीका टोली आउने–जाने भइरहे पनि नयाँ तथ्य फेला परेको छैन। यस घट्नाबाटै बुझ्न सकिन्छ कि सामान्य नागरिकले न्याय पाउन निकै कठिन छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू