निर्मला पन्तको न्यायका लागि प्रदेश ५ मा जनप्रदर्शन, दाङमा नेकपाका ७ कार्यकर्ता पक्राउ

रिता घिसिंग

मङ्सिर १६, बुटवल : कन्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेपछि विप्लव नेतृत्वको नेकपाले आइतबार देशभर एकैसाथ जनप्रदर्शन गरेका छन्। सोहिअनुसार नेकपाले प्रदेश नम्बर ५ मा पनि प्रदर्शन गरेको छ ।

प्रदेश नम्बर ५ का प्रमुख सहर बुटवल, दाङ र नेपालगन्जसहित विभिन्न स्थानमा प्रदर्शन भएको हो । दाङमा प्रदर्शनका क्रममा नेकपाका ७ कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत छन् । शान्तिपूर्ण रुपले कार्यक्रम भइरहेको बेला इलाका नेता कार्यकर्तालाई गिरफ्तार गरिएको नेकपा दाङले जनाएको छ ।

प्रतिक्रिया