निर्मला हत्याकाण्ड लुकाउन सरकारले गुण्डा नाइके भन्दै इन्काउन्टर गर्न खोजेको समिरमानको दाईको दावी [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर  :  नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई नख्खु कारागार ब्लक ए बाट रातारात मुस्ताङ कारागार पठाईएको छ। गतवर्ष असोज २३ गते व्यवसायी गौचनको हत्या भएको थियो भने केन्द्रिय अनुसन्धान व्युरोले बस्नेतलाई मंसिर १६ गते पक्राउ गरेको थियो।

बस्नेतलाई रातारात मुस्ताङ सार्ने खबर पाएपछि उनकी श्रीमती माया शेरचन राती साढे १० बजे नक्खुबाट बाईकमा हिडेकी विहान ७ बजे पोखरा पुगिन्। उनले आईतबार साँझ मात्र बस्नेतलाई सार्ने खबर पाएकी थिईन्। उनलाई अपरिचित नम्बरबाट फोन गरेर खबर आएको बताईंन।

‘काठमाण्डौले दिन नसकेको सुरक्षा मुस्ताङले कसरी देला, केही सम्बन्ध नै नभएको ठाउँमा किन सरुवा गरियो, चालचलन शंकास्पद देखिए गोलघर सार्नुपर्नेमा त्यति टाढा हिमालपारी किन पु¥याईयो, घरमा दुईवटा साना बच्चालाई राति छोडेर आएको छु। केही अन्यथा नहोस भन्ने डरले  नै म पोखरा गएकी थिए, शंकास्पद मानिसलाई त्यस्तो ठाउमा पुराउने कि राजधानीमा सबैको निगरानीमा राख्ने ।’  उनले भनिन् ।

समिरमान सिहंका दाईले प्रहरी र राज्यको नियत राम्रो नभएको र सिधै इन्काउन्टर गरेर लास नै गाएब पार्न खोजिएको दावी छ। समिरमानले पटक-पटक मेरो हत्या गर्ने योजना गरिएको छ भन्दै आएको उनले बताए। उनले आफ्नो भाईको लागि शान्ति सुरक्षाको माग गरेका छन्।

समिरमानका श्रीमती र दाजुले समिरमानको जीवन रक्षाको माग गर्दै बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले षड्यन्त्रपूर्वक समिरलाई रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाएका थिए ।

निर्मला हत्याकाण्ड लुकाउन सरकारले गुण्डानाइकेलाई माथि पारेर इन्काउन्टर गर्न खोजेको समिरमानको दाईले दावी गरेका छन्। गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू