निर्वस्त्र भएर कहिल्यै नगुर्नहोस् यी काम

रिता घिसिंग

एजेन्सी : हिन्दुधर्म मान्नेहरुको पनि रितिरिवाज फरक फरक रहेको छ । विष्णु पुराणको हिन्दु धर्मलाई मान्नेहरुबीच छुट्टै पहिचान रहेको छ । विष्णु पुराणमा एक मानवले गर्न नहुने कामहरु धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । खान, पान देखि लिएर विभिन्न किसिमको कर्मकाण्डका विषयहरुलाई शास्त्रमा उल्लेख गरिएको छ । केही यस्त कार्यहरु रहेको छन् जुन कुनै र्वस्त्र नलगाइ गर्नुलाई विष्णु पुराणमा पापको दर्जा दिइएको छ । हेरौँ केके हुन ती कामहरु ।

 

निर्वस्त्र भएर स्नान गर्न :
हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको विष्णु पुराणमा निर्वस्त्र भएर स्नान गर्न नहुने बताइएको छ । विष्णु पुराणको अनुसार स्नान गर्दा कपडाको टुक्रा भएपनि शरिरमा हुनै पर्ने उल्लेख गरिएको छ । पूरै निर्वस्त्र भएर स्नान गर्दा जल देवता क्रोधित हुने र जीवनमा नकारात्मक असर पर्ने बताइएको छ ।

निर्वस्त्र भएर सुत्न :
विष्णु पुराणमा उल्लेख भएअनुसार निर्वस्त्र भएर सुत्न नहुने बताइएको छ । यसो गर्दा पितृगणको अपमान हुनेछ । नकारात्मक असर पर्नेछ । विष्णु पुराणमा निवस्त्र भएर सुत्नु वर्जित गरिएको छ । निर्वस्त्र भएर सुत्नु कुण्डलीमा चन्द्रको गलत प्रभाव समेत पर्ने विष्णु पुराणको तर्क छ ।

निर्वस्त्र भएर आचमन गर्न :
पुजा, व्रत, श्राद्ध जस्ता धार्मिक कार्य गर्दा शुरुवातमा बाहिरी शरिर र आत्मा शुद्धताको लाग आचमन गरिन्छ । आचमन गर्ने क्रममा निर्वस्त्र भए गर्नु गलत हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।

निर्वस्त्र भएर पूजा :
निर्वस्त्र भएर पुजा गर्नु हुँदैन् । निवस्त्र भएर पुजा गर्नुलाई विष्णु पुराणमा बर्जित गरिएको छ । पुजा अथवा यज्ञको समयमा बिना सिलाईको कपडा लगाउनुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया