निर्वाचनको एक वर्ष पुगेकामा चियापान

admin

काठमाडौँ, २१ मङ्सिर : प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ निर्वाचन क्षेत्र नं ३ ले आज चियापान कार्यक्रम आयोजना गरेको छ ।

सो क्षेत्रका सांसद कृष्ण राईले कार्यक्रमको माध्यमबाट जनता र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध स्थापित कायम राख्न र आगामी दिनका लागि रचनात्मक सुझाव प्राप्त भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य बलराम बाँस्कोटा, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ कमिटीका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
-रासस

प्रतिक्रिया