निशान बानियाँको निर्देशनमा प्रकाश सपुत अभिनित ‘मरे बाकसमा’ बोलको मार्मिक गीत सार्वजनिक [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। बिगत ६ वर्षदेखि साङ्गीतिक क्षेत्रलाई आफ्नो पेशाको रूपमा अँगाल्दै आएका साङ्गीतिक श्रष्टा निशान बानिया यतिबेला भिडियो निर्देशकका रूपमा अगाडि बढिरहेका छन् । बिगतमा गीत लेखन र सङ्गीत सृजनामा मात्रै सीमित रहेका बानियाले यतिबेला आफूलाई भिडियो निर्देशकका रूपमा स्थापित गराइसकेका छन् ।

आफुलाई यही नेपालि गीतसंगीत क्षेत्रमा नै स्थापित कलाकार गराउने उद्देश्यका साथ गीत लेखन, सङ्गीत सृजनाका साथै भिडियो निर्देशनमा पनि हात हालेको बानियाँले बताएका छन । आफ्नै काका रत्न बानियाको प्रेरणाले यस क्षेत्रमा लागेका बानिया पछिल्लो समयमा आफैँ कम्पनी मालिक समेत भएका छन् ।

घर परिवारबाट यस क्षेत्रमा लाग्न निकै प्रेरणा पाएको बताउने बानियाँले लोक दोहोरी मात्रै होइन आधुनिक गीतलाई समेत सँगै अगाडि बढाइरहेका छन् । २०७५ सालको सुरुवातमै “चोखो माया” भन्ने आधुनिक गीतको म्युजिक भिडियोबाट निर्देशकका रूपमा चिनिन थालेका बानियाले छोटो समयमै दर्जनौं म्युजिक भिडियोमा निर्देशकका रूपमा काम गरिसकेका छन् ।

उनको निर्देशनमा रहेको पहिलो म्युजिक भिडियोमा चर्चित मोडेल दुर्गेश थापा र निश्मा गुरुङले अभिनय गरेका थिए । पाँच दर्जन भन्दा बढी गीतमा शब्द र संगीत गरेका बानियाका ‘बितेका पल’, ‘पर्छ सँधै रुन’, ‘तिम्लाई हेर्ने आँखा’ जस्ता चर्चित लोक दोहोरी गीतहरू बजारमा आइसकेका छन् ।

पछिल्लो समयमा आफ्नै निर्देशनमा बजारमा आएको ‘मरे बाकसमा’ भन्ने आधुनिक गीतको म्युजिक भिडियो यति बेला चर्चामा छ । स्वयम् बानियाले सङ्गीत भरेको उक्त गीतमा शब्द संयोजन अजय विश्वकर्माले गरेका छन् भने स्वर पनि विश्वकर्मा ले नै दिएका छन् । यस गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकार प्रकाश सपुत र अमृता विश्वकर्माको अभिनय रहेको छ ।

प्रकाश गायक मात्र नभई शब्द रचना र मोड्लीङ पनि गर्छन। केही समय अघि मात्र उनको शब्द रचनामा रहेको “बोल माया” बोलको गीतले सारा प्रदेशीलाई रुवाएको थियो। बोल माया पछि मरे बाकसमा बोलको गीतले पनि आम दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास रहेको छ।

प्रतिक्रिया