नेकपाका मण्डले गुण्डालाई ठेगान लगाउन तरुण दलको कडा उर्दी

admin

काठमाडौं,  १२ असोज  : देशभर एकपछि अर्काे गर्दै नेकपाका गुण्डाले ज्यादती देखाउन थालेपछि नेपाली कांग्रेस निकट नेपाल तरुण दल प्रतिकारमा उत्रिने भएको छ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको गुण्डागर्दीको कडा विरोध गरेका छन् । तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास भएकोमा आक्रोशित तरुण दलले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

सत्ताको आडमा कम्युनिस्ट गुण्डालाई जोगाउन खोजे तरुण दल आफैं प्रतिकारमा उत्रिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिइएको छ । नेकपाका गुण्डाले गरिरहेको निकृष्ट कार्यको डटेर प्रतिकार गर्न महासचिव शाहीले देशभरका तरुण कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।
यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया