नेकपाका युवा नेता पुण्य गौतम भन्छन्,’पथरी काण्डका मुख्य खलनायक कमल नेपाल हुन्। [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। नेकपाका युवा नेता पुण्य गौतम समाजमा अपराधिक घटना मौलाउनुमा हाम्रो सभ्यता नष्ठ हुदै गएर र मानवीय सम्बेदना हराएर घटेको बताउछन्।

पछिल्लो समय मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ। तर अझै दोषी को र घटना कसरि घट्यो भन्ने कुरा भने पट्ट लाग्न सकको छैन।

यसै घटनाको विषयमा गौतमले आफुले पनि घटनाक्रम बुझ्न थुप्रै व्यक्तिसँग वार्तालाप गरेको बताए। सामाजिक प्रतिष्ठाको मध्यनजर गर्दै उनले नाम भने सार्वजनिक गरेका छैनन्।

वास्तवमा रिनाको हत्या नै भएको हो भनेर उनले पथरीका केहि नातेदार र अग्रज व्यक्तित्वबाट जानकारी पाएका छन्। उनको भनाई अनुसार उनले आत्महत्या नै गरेको हो भने पनि उनलाई आत्महत्या गर्न विवश पार्ने जीवनको पटकथामा खलनायकको भूमिका खेल्ने कमल नेपाल नै हो।

कमल नेपालले मैले मारेको होइन भन्ने बित्तिकै कमलकि श्रीमतीले कुनै जालझेल गरेर यो घटना घटेको त होइन भन्ने उनको ठम्माइ छ। त्यसैले उनको भनाई अनुसार दोषी जोकोहि पनि नउम्कियोस र निर्दोषले सजाए नपाउन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू