नेकपामा नेतृत्व आलोचनाः पूर्वएमाले खरो, माओवादी नरम

शर्मिला गुरुङ

काठमाडौँ, ३ पुष : स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम ।

सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल , मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेत बोलेका थिए ।

‘तत्कालिन एमालेका नेताहरु कडा रुपमा प्रस्तुत भए, माओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो ।’ एक स्थायी समिति सदस्यले भने ।

प्रतिक्रिया