नेता गगनले प्रधानमन्त्रीलाई बिश्राम गर्न आग्रह गरेपछि, नेकपा सचेतक शान्ताले फर्काइन् गगनलाई मुखभरिको जवाफ (भिडियो सहित )

admin

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसका नेता गगन कामर थापाले बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै बिश्राम गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभामा बोल्दै थापाले सरकारले प्रधानमन्त्रिको स्वास्थ्य अवस्था बारे सामसदलाई जानकारी किन नगराएको भन्ने प्रश्न पनि गरे ।

थापाले ‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बा सरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्।

हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं?’ उनले प्रधानमन्त्रीको लोकतान्त्रिक आन्दोलन पर्तिको सकृयताको स्मरण गर्दै योगदानको कदर गरेका छन्। प्रधानमन्त्रिको शान्त्ती प्रकृया प्रति दिएको योगदान सम्झिंदै उनले बिश्राम गर्न र सबैको अभिभावक भएर बस्न पनि आग्रह गरे ।

नेकपामा प्रधानमन्त्रि भएर चलाईसकेका एकसेएक नेता छन् र प्रधानमन्त्रि हुन चाहाने पनि राम्रा नेताहरु छन्। पार्टीले प्रधानमन्त्रिलाई बिश्राम गर्न सल्लाह दिनु पर्ने पनि थापाले बताए। ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ।

भिडियोबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’ यसै क्रममा कांग्रेसका सांसद गगन थापाले संसदको विशेष समयमा प्रधानमन्त्री केपी ओलीलाई दौडधुप भएकाले नयाँ प्रधानमन्त्री रोज्न सत्तारुढ दललाई सुझाव दिएपछि विभिन्न टिकाटिप्पणी आइरहेको छ ।

यसैबिच, प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरीले थापाको अभिव्यक्तिको विरोध गरेकि छिन् । उनले कसैले प्रधानमन्त्रीको राजिनामा माग्दैमा केहि नहुने पिएनपीखबर संग बताइन ।

उनले भनिन ‘बिरामी त हामी सबै नै हुन्छौं । जन्मिएको दिन देखि कयौं पटक बिरामी भइन्छ । उपचार गरिन्छ पुन आफ्नो काममा क्रियाशिल रहिन्छ । सम्मानिय प्रधानमन्त्री ज्यु उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । उहाँको उपचार लगभग पुरा भैसकेको जानकारी प्राप्त भएको छ । उहाँ जत्तिकै खट्न सक्ने हामी युवा हौं भन्नेहरु पनि छैनौं सायद ।

नेपाली जनताको मत र चाहनाले बन्नु भएको प्रधानमन्त्री हो , तपाईंको चाहनले होईन । तपाईंले राजिनामा मागेर न त उहाँको उत्साह घट्ने छ न कृयाशिलता नै । सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु कै नेतृत्वमा बन्नेछ संमृद्ध नेपाल ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू