नेपालमा अंग्रेजी फिल्मको टिजर रिलिज, हलिउड, बलिउड देखि कलिउडसम्मका कलाकारहरुको अभिनय हेर्न पाइने (भिडियो)

मनिषा थापा

नेपालमा पहिलो पटक निर्माण भएको पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ को टिजर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले युट्युवमार्फत सार्वजनिक गरेको उक्त टिजर ३७ सेकेण्डको रहेको छ । जहाँ द्धन्द नै देखाईएको छ । पेमा धोन्डुपले निर्देशन गरेको फिल्ममा हलिउड , बलिउड र कलिउडसम्मका कलाकारहरुको अभिनय रहेको छ ।

अमेरिका र नेपालमा सुट गरिएको फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, परमिता राणा ,आमिर गौतम लगायतको अभिनय रहेको छ । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा उठान गरेको छ ।

फिल्ममा आनाले इन्टिमेट दृश्य पनि दिएकीछिन् । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन यस फिल्मका निर्माता हुन् । फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन तथा हरि पिलाइको ध्वनी रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया