११ वर्षिया सुत्केरी बालिकाको यस्तो दयनिय अवस्था, दुई छाक टार्न मेलापात धाउँदै (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छिन्। २०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्।

स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी उनी नेपाल कै पहिलो आमा हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेता पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण देखिन्छ।

गाउँकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग विवाह गरेकी भावनाले यतिखेर कष्टपूर्ण जीवन बिताइरहेकी छिन्। मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बितेको र बाबुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए। भावना पनि यो वर्ष कक्षा ७ को परिक्षा दिएर बसेकी हुन्। अहिले उनका श्रीमान काठमाडौँको एक किराना पसलमा काम गर्ने भावनाले बताईन्। उनले भनिन्, ‘अब दशैँमा आउछु भन्नु भएको छ। ‘

सामान्यतया शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ परेको छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्।

यत्ति सम्मको पिडामाभावना बाचेकी छिन् कि उनी सुत्केरी आवस्थामा औषधिसमेत् खान पाएकी छैनन्। मेलापात जान उनी बाध्य भएकी छिन् । सुतेकरी अबस्थामा मायाममता पाउनुको सट्टा घर परिवार देखि समाजबाट तिरस्कृत भएकी छिन् यी ११ बर्षिया बालिका। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू