नेपालमै पहिलो पटक भित्रियो सुविधासम्पन्न बिजुली बस

मनिषा थापा

काठमाडौँ : काठमाडौँमा सुविधासम्पन्न बिजुली बस गुड्ने भएको छ। अत्याधुनिक एवं सुविधासम्पन्न बिजुली बसहरु तत्कालका लागि साझा यातायातले कोषसँगको सहकार्यमा राजधानीमा सञ्चालनमा ल्याएको हो ।

सुन्दर यातायात कम्पनीले ल्याएको उक्त बस काठमाडौँको विभिन्न स्थानमा चल्नेछ। काठमाडौँको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा आएपछि काठमाडौँमा बिजुलीबाट चल्ने बस संचालनमा आएको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बसको शुभारम्भ गरेका थिए ।

उक्त गाडीका संचालकले अरु बसभन्दा फरक पाउनेमा आफु विश्वस्त रहेको बताउछन्। अरु बसभन्दा २० प्रतिशत भाँडामा पनि छुट रहेको उनको भनाई छ ।

यस बस पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म,चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बस चल्नेछ । उक्त बस ४० सिट र ३५ सिट गरी दुई खालको रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू