नेपालले जित्यो पाँच स्वर्ण र एक रजत

admin

काठमाडौँ, २० पुस: भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ ।

नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५÷५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक हात पारे भने सुरज विकले पनि कुमितेमा स्वर्ण पदक प्राप्त गरे । त्यस्तै प्रतियोगितामा सुरजले कातामा पनि रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रतियोगिता भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्टस् एकेडेमीमा भएको थियो ।
-रासस

प्रतिक्रिया