नेपालीको महान चाड मध्यनजर गर्दै अस्ट्रेलियामा ‘दशैँ एण्ड तिहार फेस्टिभल’ को आयोजना

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। ‘नमुछे आमा दहीमा टीका नछरे जमरा’ गायक भक्तकृष्ण राईको यो काल्पनिक गित विदेशिएका हरेक नेपालीको वास्तविक र व्यक्तिगत कथा हो। खाडी मुलुकमा होस् वा विकसित राष्ट्रमा विदेशिएका नेपालीले आफ्नो परिवारजन सम्झेर सिरानी भिजाउने चाडपर्व मध्य एक हो नेपालीको महान चाड दशैँ र तिहार।

यद्यपि अचेल विदेशी भूमिमा पनि नेपाली समुदायले नेपालीपन झल्काउने विभिन्न खालको सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तिनै मध्य एक ज्वलन्त उदाहरण हो अस्ट्रेलियामा हुन लागेको दशैँ र तिहार कार्यक्रम।

नेपाली हिन्दु समुदायको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा अस्ट्रेलियाको ब्रिसबेन शहरको मुटुमा रहेको चाइनाटाउन (फोर्टीट्युड भ्याली) मा ‘दशैँ याण्ड तिहार फेस्टिभल’ कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रममा ‘ब्रिसबेन सिटी काउन्सिल’को समेत सहकार्य र सहयोग रहने छ।

ब्रिसबेनमा लामो समय देखि बसोबास गर्दै आएका नेपाली समुदायको पहलमा उक्त कार्यक्रम चाडपर्वको सुअवसरमा एकअर्कासँग खुसि र हर्ष साट्न सम्पन्न हुन लागेको हो। ब्ल्याक आई क्रियशनको आयोजनामा अक्टोबर ६ तारिखको दिन दिउँसोको एक बजे देखि रातिको १० बजे सम्म कार्यक्रम हुने छ।

कार्यक्रमका आकर्षणहरु :

– अग्रजबाट टिका ग्रहण कार्यक्रम

– लाइभ ब्याण्ड म्युजिक शो

– राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुति

– स्थानीय कलाकारको बेजोड प्रस्तुति

– परम्परागत देउसी भैलो कार्यक्रम

– संस्कृति झल्काउने फेशन शो

– साँस्कृतिक नाच साथै अन्य रोमाञ्चक नाचगान

– नेपालीपनको मिष्ठान्न परिकार

परिवार, आफन्तजन र प्रियजनसँग टाढा रहेर विदेशी भूमिमा भएता पनि नेपालमै रहेको आभाष दिलाउने एक मात्र सांस्कृतिक कार्यक्रममा निशुल्क प्रवेशको बेबस्था गरिएको छ। फोर्टीट्युड भ्यालीको चाइनाटाउनमा पायक पर्ने हरेक नेपाली कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू