काठमाडौँ, १५ चैत्र : बिजि बर्माको ब्यानरमा ओम बा कार्कीको निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र “लवजोन”को दोश्रो गीत सार्वजनिक गरिएको छ। गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले गीतमा बताएकी छिन । आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन्।
एस के अधिकारीको शब्द तथा बाबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ । राजन महर्जनको नृत्य, बिक्रम कार्कीको छायांकन र शंकर अधिकारी घायलको लेखन र निर्देशन तथा मिडिया कोर्डिनेटर रोशन पोखरेलले गरेका छन । गीतको भिडियोमा सुस्मा थिङ र राजु श्रेष्ठलाई फिचरिङ गरिएको छ।
भिडियो हेर्नुहोस् :