नेपाली गीत गाउनकै लागी दार्जिलिङ्ग देखि काठमाण्डौ आए यी गायक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दार्जलिङ्गका गायक प्रबल थापा आफ्नो म्युजिक भिडियोको छायांकनका लागि नेपालको राजधानी आएका छन्।

विगत १३ वर्ष देखि साङ्गेतिक क्षेत्रमा लागेका उनी नेपाली गीतलाई माया गर्छन। माया मात्र गर्दैनन् उनी गाउँन पनि रुचाउछन्। उनको बाल्यकाल देखि नै संगीतमा रुची थियो। घर परिवारबाट पनि संगीत क्षेत्रमा लाग्न निकै साथ र सहयोग पाएका छन् उनले।

दार्जलिङ्गमा मिडियाको प्रभाव त्यति नभएकोले आफ्नो चर्चा कम भएको उनको भनाई छ। उनका प्राय गीत नेपालमै रेकर्ड गरेका छन्।

पछिल्लो तुलनामा हेर्दा दार्जलिङमा अहिले नेपाली गीतको प्रभाव व्यापक रहेको उनले बताए। उनलाई बलिउडको गीतहरु ज्यादा मनपर्छ। उनले गीत गाउने देखि कम्पोज पनि गर्ने गर्छन। उनले आफ्नै कम्पोजिशनमा दुई हिन्दी गीत बजारमा ल्याएका छन भने धेरै नेपाली भाषाका गीतहरु गाएका छन्।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू