नेपाली चलचित्र “मदहोस”को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २७ मङ्सिर : नेपाली चलचित्र मदहोस को “दिलको पिजडा” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

एस के अधिकारिको गीत, बाबुल गिरिको संगीतमा नित्या शिवा र बाबुल कै आवाज रहेको छ। प्रियंका अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ रहेको छ सो गीतमा राजु शाहको नृत्य, बिक्रम कार्कीको छायांकन र देव महर्जनको द्वन्द रहेको छ ।
सन्तोष श्रेष्ठ, कसिस दहाल, राजु पौड्याल, हेमलता घिमिरेको अभिनय रहेको “मदहोस”मा एस.के.अधिकारीको लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्षमा रिलिज गर्ने लक्ष्य सहित पोस्टको काम भएको निमार्ण पक्षले बताएको छ ।
हेर्नुहोस गीको भिडियो :

प्रतिक्रिया