नेपाली बजारमा भित्रिए एप्पलको आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

मनिषा थापा

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले यही आउँदो मंसिर ७ गतेदेखि एप्पलको नयाँ उत्पादन आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर बिक्री शुरु गर्ने भएको छ ।

आइफोन एक्सआर ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउने छ । त्यस्तै, आइफोन एक्सएस ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।

आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ । जेनरेशन नेक्स्ट कम्यूनिकेसनले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टीका लागि आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

कम्पनीको आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड)बाट खरिद गर्न सकिने छ ।

प्रतिक्रिया