नेपाल आइस आन फुटसल सोमबारदेखि

शर्मिला गुरुङ

काठमाडौँ, २० वैशाख : नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् ।

सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्टनेट र सर्वोत्तम सिमेन्ट रहेका छन् । समूह ‘बी’ मा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह ‘सी’ मा जनता टिभी, गोरखापत्र दैनिक, एबिसी टिभी, र शिलापत्र डटकम रहेका छन् । त्यसैगरी समूह ‘डी’ मा मेडिसिटी अस्पताल, अभानी, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।

समूह ‘इ’मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े बैंक रहेका छन् । समूह एफमा मिडिया बास्केट, पिक्सन इञ्जिनीयरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् । समूह ‘जी’ मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यूएफएक्स सिनेमा रहेका छन् । समूह ‘एच’मा कि एडभरटाइजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् ।

वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले रु एक लाख उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले जानकारी दिनुभयो ।

सोतोकान टोली आज भारत

द वल्र्ड सोतोकान कराँते डो महासङ्घ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज भारतको चेन्नइ प्रस्थान गर्दैछ ।

यही वैशाख २१ र २२ गते हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदीप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जङ्गमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल सोतोकान कराँते सङ्घका अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकका रुपमा मधु पौडेल पनि टोलीसँगै चेन्नइ जाँदैछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । रासस

प्रतिक्रिया