नेपाल जर्निको ‘फन्ड रेजिंग इभेन्ट एप्रिसियसन डिनर’मा फिसटेल नेपाली एण्ड इन्डियन कुजिनको प्रायोजन

सन्दीप खत्री

नेपाल जर्नीको आयोजनामा चितवनको भरतपुरमा अपांगमैत्री पुस्तकालय निर्माणको लागि सहयोगार्थ डिसेम्बर ८ मा हुने फन्ड रेजिंग इभेन्ट ‘गाला नाइट’ को भोलिपल्ट नेपाल जर्निको स्पन्सर, स्वयंसेवक र मिडियाको लागि अमेरिकाको टेक्ससमा अवस्थित फिसटेल नेपाली एण्ड इन्डियन कुजिनले संस्थाको सम्मानस्वरूप डिनर प्रायोजन गर्ने भएको छ। ‘नेपाल जर्नी’ संस्था शिक्षा र स्वास्थ्यमा पहुँच पाउन नसकेका नेपालमा रहेका बालबालिकाहरुको लागि सहयोग गर्ने उधेश्यले अमेरिकाको डालसमा २०१५ मा स्थापित गैर नाफामुखी संस्था हो।

नेपाली र भारतीय खानाको पारखीहरुको लागि परम्परागत खानाको सेवा दिदै आएको फिसटेल नेपाली एण्ड इन्डियन कुजिनले सामाजिक सेवाको पुनित काममा सहकार्य गर्न चाहेकोमा संस्थाको अध्यक्ष मौसमी श्रेष्ठले कुजिनको कदमलाई सह्रानीय भएको बताउदै आगामी दिनमा समेत सहकार्य हुनेमा आशावादी रहेको बताइन। कुजिनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहकार्य र सहयोगी हात अगाडी बढाउदै आएको छ ।

ताजा, स्वस्थवर्दक र स्वादिलो परिकारहरु चिकेन बिरयानी, मटर पनिर, समोसा, चिकेन टिक्का जस्ता लोकप्रिय खाना दिदै आएको यस कुजिनले टेक्ससमा नेपाली र भारतीय खानाको पारखीहरुको लागि आइतबार देखि बिहिबारसम्म बिहान ११:३० देखि ३ बजेसम्म र बेलुका ५ बजे देखि १० बजेसम्म र शुक्रवार/ शनिवार भने बिहानको समय यथावत रुपमा र बेलुकी ५ बजे देखि ११ बजेसम्म सेवा दिदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू