नौ महिनाको दुधे बालक छोडेर आमा अर्कैसँग भागिन्, मकै पोलेर छोराछोरी पाल्दै बुबा [भिडियो सहित]

शर्मिला गुरुङ

अर्घाखाँची, २ वैशाख : अर्घखाँचीको छत्रदेवका उमलाल पाण्डे पोखरामा साइकलमा मकै बेच्ने काम गर्दै आएका छन् । विगत २ महिना देखि उनी मकै बेच्दै पोखराको सडक किनारमा हिँडिरहेका हुन्छन् । विशेष गरि उनी दैनिक जसो पोखराको लेकसाइड तिर जाने गर्छन् ।

सडक किनारामा पोलेको मकै बेचेर भोकाएका मानिसहरुको भोक मेट्दै आएका उमलाललाई बाहिर बाट हेर्दा सामान्य लागे पनि उनको भित्रि ब्यथा अर्कै रहेछ । पहिला काठमाडौँबाट कपडा खरिद गरेर लगेर गाउँ गाउँमा बेच्ने उमालको जीवनमा सडक किनारामा मकै बेच्नु पर्ने बाध्यता आइलाग्यो। फोनको माध्यमबाट भेट भएर नौ वर्ष पहिले प्रेम बिहे गरेका उनको श्रीमतीले चार वर्षिया छोरी र ९ महिनाको छोरोलाई चटक्क छाडेर अर्कैसँग हिडे पछि छोरीको लागि उनि आफ्नो पुरानो व्यवसाय छाडेर पोखरामै मकै बेचेर बस्न बाध्य भए।

छोरीलाई एक्कै छाडेर उनि व्यापार गर्न गाउँ गाउँ जान नसकेकै कारण उनले कपडाको ब्यापार छोडेर मकैको व्यापार गर्न थालेका रहेछन। उनी छोरीलाई खान खुवाइओरि अर्काको जिम्मा लगाएर दिउँसो एक बजे मकै पोलेर बेच्न सडक किनारमा निस्कन्छन र साँझ घर फर्केर छोरीले खाएको खाजाको पैसा तिर्छन। उनी आफ्नो छोरा या छोरीलाई कुनै संस्थाले लगेर राखिदिए आफुले सहज तरिकाले व्यापार गर्न पाइन्थ्यो र पछि जिन्दगी राम्रोसँग चलाउन सकिन्थ्यो कि भन्ने आशा रहेछ। सानी छोरीलाई अरुको जिम्मा लगाएर मकै पोल्न हिंड्दा ग्राहकलाई खुशी भएर मकै पोलेर दिए पनि छोरीले गरि कसो गरि भनेर मन चाहिँ छोरी तिरै जाने उनि बताउछन। नलागोस पनि कसरि उनि त बाउ पो हुन् त।
उमलालको दु:खको कथा बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू