न बोल्न सक्छिन न त सुन्न त्यही पनि यस्तो अद्भत क्षमता छ सुजलमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : उनी कान सुन्दिनन्, बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्। हामी कुरा गर्दै छौ सुजल बमको। सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलको प्रतिभा देख्दा हर कोहि आश्चर्यचकित पर्ने गर्छ। उनी कान नसुने पनि अत्ति नै राम्रो नृत्य गर्छिन।

विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी उनले राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल साबित गरिरहेकी छिन्। ‘फेसन ईरा’ काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरा आफ्नो प्रतिभाबाट पुष्टि गर्दै आईरहेकी छिन्।

आमाको कोखबाट ८ महिना मै जन्मिएकी उनी जन्मजात देखि नै कान कम सुन्नुको साथै आँखा देख्दिनन्। उनका बुबाले उनलाई बायाँ हात जसरी हरेक पाइलामा साथ दिईरहेका छन्। सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन्। विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी हुन्छिन।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम गर्ने सुजलको योजना रहेको उनका बाबुले बताए। उनका बाबु भन्छन, ‘छोरीको यस योजना आफुलाई निकै मन परेको छ। उनको कार्य देख्दा आफुलाई गर्भको महसुस भएको छ।’ यति बेला जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा विजेता बन्न भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर f’see (space) 1′ टाईप गरी ‘33001’ मा पठाएर भोट गर्न सकिनेछ । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।

फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे काठमाडौंको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा हुँदैछ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू