पत्रकार पुडासैनीले आत्माहत्या गर्नुपुर्व किनेका थिए ५ मिटर लामो डोरी

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडाशैनीको विषयमा प्रहरीले अर्को महत्वपूर्ण प्रमाण बरामत गरेको छ । गहन अनुशन्धान गरिरहेको चितवन प्रहरी र विशेष अनुसन्धान टोलीले आत्माहत्या गर्नु अघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल फेला पारेको खबर बाहिरिएको छ। पसलको सीसीटीभी फुटेजमा उनले डोरी किनेको दृष्य देखिएको हो ।

पुडाशैनीले बसपार्कमा नजिकै रहेको एउटा होलसेल पसलवाट डोरी किनेर लगेका थिए। सो पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको जानकारी छ। पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुडासैनी गत साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्माहत्याअघि पत्रकार पुडासैनीले मर्न बाध्य भन्दै कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित् ३ जनाको नाम लिएर बनाएको भिडियो फेला परे लगत्तै प्रहरीले ३ जनालाई नै हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

 

 

 

प्रतिक्रिया