‘पत्रिकामा रक्सी गन्हाउँदैन ? नेतालाई गाली गर्दैमा ठूलो पत्रकार भइँदैन’

शर्मिला गुरुङ

काठमाडौँ, १० पुस : पोखरामा जारी साहित्यिक महोत्सवका क्रममा सोमबार रोचक अन्तरक्रिया भयो । मूर्धन्य पत्रकार विजयकुमारसँग आमने–सामने थिए अहिलेका ‘हट केक’ रवि लामिछाने ।

दुवैले एक–अर्काप्रति प्रशंसाको पुल बाँधेर संवाद सुरु भयो । रविले विजयकुमारजस्तो ‘लिजेन्ड’ सँग मञ्च सेयर गर्नु आफ्नो अहोभाग्य भएको बताए । जवाफमा विजयले भने, ‘भाग्य त मेरो हो, तपाईं एउटा उदाउँदो सूर्य हो, हामी अस्ताउन लागेको ।’

तर, संवाद अघि बढ्दै जाँदा रविले विजयकुमारमाथि केही खरा प्रश्नहरु राखे । विजयकुमारले पनि रविलाई कटाक्ष गर्न छाडेनन् ।

‘तपाईंको उमेरमा म पत्रकारिता नै सबैभन्दा ठूलो हो भन्ने सोच्थेँ,’ विजयकुमारले भने, ‘तर अहिले यथार्थको धरातलमा ओर्लिएको छु । पत्रकारिता, साहित्य र संगीतमध्ये पत्रकारिता तेस्रो नम्बरमा आउँदोरहेछ ।’

यसको व्याख्या गर्दै विजयकुमारले भने, ‘पत्रकारिता मूलतः मस्तिष्कसँग सम्बन्धित छ । साहित्यमा मतिष्क आधा र मुटु आधा प्रयोग हुन्छ । संगीत भने मुटुबाट सिर्जना हुन्छ । र, संसारमा मुटुभन्दा ठूलो कुरा अरु केही पनि छैन ।’

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू