पथरी काण्डमा प्रहरीले खोले मुख, आक्रोशित स्थानीयलाई चित्त बुझेन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत शनिबार मोरङजिल्लाको पथरी शनिश्चरे नगरपालिकास्थित २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यु भएको थियो। उनी आफ्नै डेरा अगाडीको सडकमा नग्न अवस्थामा मृत फेला परेकी थिइन । बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए।

प्रहरीले अनुसन्धानमा रिनाले अत्यधिक मदिरा सेवन गरी शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका थिए। तर स्थानीयबासीले भने शरीरमा घाउचोट भएको कारण हत्या नै भएको दावी गरिरहेका छन्।

प्रहरीले रिना बस्नेत मृत्यु प्रकरणलाई गम्भीर रुपमा लिएर अनुसन्धान नगरेका कारण मुख्य दोषी फरार हुने सम्भावना देखिएको कारण सडकमा उत्रिएको स्थानीयले जनाएका छन्। यस घटना झन् रहस्यमय बन्दै गईरहेको छ। स्थानीय प्रहरी कार्यालयजाँदा शनिश्चरे नगरपालिकाका प्रहरीले जबाफ नदिई उर्लाबारीका प्रहरी झिकाएकोमा स्तानिय रुष्ट बनेका छन्।

राति नै हत्यारा पत्ता लागेको र सिसिफुटेजमा समेत् प्रमाण रहेता पनि प्रहरीले हत्या भएको बताएको भन्दै स्थानीयबासि आक्रोशित बनेका छन्। उनीहरुले जति सक्दो चाँडो हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्नु पर्ने माग राखेका छन्। विगतमा पनि धेरै घटनाको केसलाई इलाका प्रहरी कार्यलयले रफादफा बनाएको र अब पनि रफादफा हुनसक्ने स्थानीयबासिको आपत्ति छ। यद्दपी पोस्टमार्टमको रिपोर्ट भन्ने आइसकेको छैन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू