परिणीतिको बिहेको चर्चा, यस्तो छ वास्तविकता

रिता घिसिंग

एजेन्सी : प्रियंका चोपडाको बिहेपछि अहिले बलिउडमा उनकी काकाकी छोरी बलिउड अभिनेत्री परिणीति चोपडाको पनि बिहेको चर्चा चलेको छ । तर, परिणीतिले बिहेको हल्ला झुटो भएको बताएकी छन् ।

उनले बिहे गर्ने तयारी भए त्यसको जानकारी गराउनेसमेत बताएकी छन् ।

एक पत्रिकाले उनले चरित देसाई नामको युवासँग बिहे गर्न लागेको समाचार लेखेपछि परिणीतिले बिहेको गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘जब म बिहे गर्ने छु त्यसको खुसीले घोषणा पनि गर्नेछु ।’ समाचारमा परिणीतिले चरित देसाईलाई डेट गरिरहेको जनाइएको थियो ।

परिणीति र चरितबीच सम्बन्धको शुरुवात ड्रीम टीम टूर २०१६ बाट भएको थियो । असिस्टेन्ट निर्देशकका रुपमा काम गर्ने चरितले ऋतिक रोशनको फिल्म अग्निपथमा करण मल्होत्रालाई असिस्ट गरिसकेका छन् ।

यसबाहेक चरितले लामो समयसम्म करण जौहरको धर्मा प्रोडक्शनमा पनि काम गरेका थिए ।

परिणीति आजभोली आफ्नो फिल्म सन्दीप और पिंकी फरारमा व्यस्थ छिन् । यो फिल्मा उनी अर्जुन कपूरसँग रोमान्स गर्नेछिन् । यो फिल्मको निर्देशन दिवाकर बनर्जीले गरिरहेका छन् । यो फिल्म माच १, २०१९ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू