मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

शर्मिला गुरुङ

१८ असार (रासस ÷एएफपी)  : भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ।

स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताउनुभएको थियो ।

करीब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ ।

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मङ्गलबार नै जानकारी दिइएको थियो ।

प्रतिक्रिया