पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कृष्ण रोकाया

बलेवा, ३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग१ख ६१०८ नंको बस दुर्घटना हुँदा मृत्यु भएका सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिनुभएको छ । रासस

प्रतिक्रिया