पशुपतिनाथ मन्दिर परिसरमा यसरी मनाइदै जनैपूर्णिमा [फोटो फिचर]

राष्ट्रिय समाचार समिति

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाध्दै बालिका ।

 श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पुरोहितको हातबाट जनै आमन्त्रित गर्दै सर्वसाधारण ।

काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

 श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट नारीमा डोरो बाध्दै बालक ।

तस्वीर : रोशन सापकोटा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू