पशुपतिमा पड्केको बम प्रधानमन्त्री निवासमा पनि पड्किन सक्छ : रामकृष्ण उपाध्याय

मनिषा थापा

पिएनपिखबर : ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले चेतावनी दिएको छ ।

गत शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरिएको गुनासो पोखेका हुन्।

पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए ।

गत शुक्रबार संविधान दिवसको अवसरमामा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले घोर भर्सना गरेको छ ।

कार्यक्रममा बोल्दै हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मेचिदेखि महाकालीसम्म आम हिन्दूहरु जाग्नुपर्ने बेला आएको बताए। थुनामा राख्दैमा आफुहरु नडराउने उनले जनाए।

उनले भने ‘धार्मिक क्षेत्रलाई आक्रमण गर्न किन चाहान्छ सरकार, अब हामीले पनि माउवादी जस्तै पारा देखाउन पर्ने होकी ? संसारकै हिन्दूहरुको आस्थाको धरोहरको रुपमा रहेको पशुपतिनाथ क्षेत्रभित्र बम राख्नेले तपाईको घरमा पनि बम राख्न सक्छन् । त्यसकारण बालुवाटार र सिंहदरबारपनि सुरक्षित छैन् ।’

उनले सरकारलाई आग्रह गर्दै भने, ‘हाम्रो धार्मिक सम्पदा हामीलाई दिनुस तपाइको सरकार तपाई चलाउनुस।’ पशुपतिनाथ मन्दिरप्रतिको आस्था कमजोर बनाएर यस क्षेत्रमा चर्चको प्रभाव बढाउने खेल भइरहेको भन्दै हिन्दुवादी संस्थाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सरकारले आलोचना गर्दै उनले भने, ‘रोजगारी दिदैंन तर कोहि मन्दिरमा श्राद्ध गरेर परिवारको छाक टार्दै आएका व्यक्तिलाई समेत कर लगाउने गर्छ। सरकारलाई अलिकति पनि सकोच लाग्दैन।

उपाध्याय भन्छन्, ‘विश्वको सम्पदामा कुनै व्यक्ति, समुदाय वा विशेषको यस्तो अतिक्रमण लाजमर्दो हो ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू