पशुपतिमा मुसलधारे पानीमा पनि व्रतालुको भिड

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : हिन्दु नारीहरुको महान चाड हरितालिका तिज प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने गर्दछ। यो पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । केहीवर्ष अघिसम्म हिन्दू महिलाले मात्रै मनाउने तिज हिजोआज सबै जातजाति र धर्मका महिलाहरुले पनि मनाउन थालेका छन् ।

तिज नारीहरूले शिवपार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा पनि प्रचलित छ । यो पर्वमा विवाहित हिन्दू महिलाहरू पतिको दीर्घायू सुख समृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताहरू असल जीवनसाथीका लागि व्रत बसेको पाइन्छ ।

तिजको अघिल्लो रात दर खाएर भोलिपल्ट पानी पनि नखाई निराहार व्रत बस्ने चलन छ । व्रतको दिन महिलाहरू भेला भएर विभिन्न स्थानका शिवालयहरुमा पुजा आराधना पश्चात नाचगान गर्ने गर्छन। पवित्र धार्मिक स्थल पशुपतिमा हरितालिका तिजको अवसरमा भक्तालुहरुको ठुलै जमघट हुने गर्दछ।

उनी व्रतालुहरुसँग तिजको बारेमा गरिएको रमाइलो कुराकानी हेर्नुहोस भिडियोमा : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू