पश्चिमोदय बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

मनिषा थापा

भक्तपुर : पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो आठौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । सहकारी विभागका अधिकृत शिवजी भट्टराईको प्रमुख आतिथ्यमा शनिबार कालिमाटीस्थित डिभाइन बैङ्क्वेमा आयोजना गरिएको साधारण सभामा दुई सयभन्दा बढीको उपस्थिति रहेको थियो।

अतिथिका रुपमा सुरेश प्रसाद अग्रवाल, राजकुमार तामाङ, घनश्याम रौनियार, सागरमणी ढुंगेल, राजकुमार श्रेष्ठ, केदार उप्रेती, ओम कुमार प्रधान, रत्न बिक्रम तुलाधर लगायतलाई आमन्त्रण गरिएको थियोे ।

शुरुमा संस्थाका सञ्चालक चन्द्र बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने सपना खड्का, विष्णु पराजुली र दीपा अर्यालले स्वागत गीत गाए । उक्त कार्यक्रममा देशको आर्थिक क्रान्तिका लागि लड्ने शहिदहरुप्रति मौनधारण समेत गरिएको थियो । संस्थाका सचिव सुष्मा सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । लेखा सुपरिवेक्षक नवीन प्रधानले भने आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी सभापतीको मन्तव्य राख्दै संस्थाका अध्यक्ष देवराज न्यौपानेले आगामी दिनमा डिपार्टमेण्टल स्टोर संचालन गर्ने, संस्थाको कारोबारलाई एस्.एम्.एस्. प्रणालीमा लैजाने र अन्य स्थानहरुमा पनि सेवा केन्द्र खोलि विस्तार गर्ने योजनाहरु रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका म्यानेजर केदार उप्रेतीले आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी ऐनले पनि सहकारी अभियानलाई सहयोग पुगेको बताए । त्यसैगरी प्रिमिएर बचत तथा ऋण सहकारीका सञ्चालक घनश्याम रौनियारले पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. आठौं वर्ष पार गरी नवौं वर्षसम्म आइृपुग्न सफल भएको भन्दै सफलताको शुभकामना दिए ।

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो दिनुका साथै असल बचतकर्ताका रुपमा मोहन अग्रवाल, राकेश अग्रवाल, त्रिलोप्चन अग्रवाल, राजेश कुमार अग्रवाल लगायतलाई प्रशंसापत्र वितरण समेत गरिएको थियो । सभामा संस्थाको तर्फबाट असल तथा उत्कृष्ट कर्मचारीको रुपमा ३ जनालाई पुरस्कृत पनि गरिएको थियो । रिसिप्सनिष्ट अनिता रामदास, बजार सुपरभाइजर रेस्मा खत्री र सक्रिय सदस्यको रुपमा सुष्मा सापकोटालाई पुरस्कार वितरण गरिएको थियो।

सहकारी विभागका अधिकृत शिवजी भट्टराईले केही सहकारीको नराम्रो कामले गर्दा राम्रा सहकारीलाई पनि असर पर्ने गरेको बताए। उनले भने, “काठमाडौंमा धेरै सहकारी भएका कारण पनि सहकारीबीच नै प्रतिस्पर्धा चलिरहेको छ।” उनले पश्चिमोदयमा ढुक्क भएर बचत गर्न आग्रह समेत गरे । संस्थाका अध्यक्ष देवराज न्यौपानेले सबै कार्ययोजनाहरु पारित गर्नुका साथै उपस्थितलाई धन्यवादज्ञापन गर्दै कार्यक्रमको समापन गरे । कार्यक्रम सञ्चालन भने बल बहादुर थापा मगरले गरेका थिए ।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारा रहेको पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय न्युरोड धर्मपथमा रहेको महाबौद्धमा शाखा कार्यालयसमेत रहेको छ ।

प्रतिक्रिया