पहिलोपटक नगरकोट काण्डबारे बोले टिका बुढाथोकी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केहि समय अघि मात्रै सामाजिक सञ्जाल तथा युट्युबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका अशोक दर्जीको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका अशोक दर्जीलाई देश तथा विदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी अशोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर अशोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

उनले अहिलेसम्म दुईओटा गीत बजारमा ल्याईसकेका छन् जुन सुपरहिट नै भए। चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ बोलको पहिलो गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए। टंककै नेतृत्वमा उनको घर बन्यो । अशोक दर्जीको घर बन्ने क्रममा अशोकको बिषयमा सानो विवाद भएको थियो त्यो लफडा पछि टंक बुढाथोकीका दाई टिका बुढाथोकी पहिलोपटक मिडियामा आए । उनले प्रेरणा दिने प्रकारका शब्दहरु प्रयोग गरेर बोल्छन। जुन दर्शकहरुले रुचाए त्यसपछि उनी पनि बेलाबखतमा मिडियामा छाहिरहेका छन्।  

उनी हालै आफ्नो काम बाहेक समाजको हितको लागि पनि केहि गरौ भनेर लागि पारिरहेका छन्। पिएनपिखबरको कुराकानीमा उनले आफ्नो एक अचम्मको रहस्य खुलाउदै भने, ‘आजसम्म म मनकामना गएको छैन विवाह पछि मात्र केबुलकार चड्ने छु। तर म नगरकोट भने हप्ताको एकपटक गएकै हुन्छु जुन मेरो मनपर्ने ठाउँ हो।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू