पहिलो डिभोर्ष एनिभर्सरीमा मिना ढकालको यस्तो योजना, भन्छिन्, ‘प्रेमीसँग केक काट्न सक्छु।’ [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मिना ढकालको सानै देखि नायिका बन्ने सपना थियो। उनको यो सपना त अधुरो नै रह्यो। हुन त अझै पनि समय छ्दै छ। उनको यो सपना पनि पुरा हुन के बेर। उनले आफु गायिका बन्ने सपना भने पुरा गरिसकेकी छिन्।

गायिका बन्नु उनको सपना भन्दा पनि बढी उनको सोख हो। आफ्नो सोख पुरा गर्दै उनले करिव एक वर्ष अघि आफ्नो पहिलो गित्रिलिज गरिन्। उनको शुरुको गीतमा अत्यधिक डिसलाइक आयो। त्यसपछिको गीतहरु भने बिस्तारै दर्शकको मनमुटुमा बस्न सफल हुँदै गयो।

उनले रोमान्टिक गीत गाइन्, तिज गीत पनि गाइन्। अब डान्सिंग गीत गाउने तयारिमा छिन्। भर्खरै उनले आफ्नो एक आधुनिक सेन्टिमेन्टल गीत रिलिज गरेकी छिन्। ‘देखे मैले तिम्रो माया अत्ति देखे’उनको गीतको बोल रहेको छ। धेरै समय अघि देखिको शब्दसंगीत गरिएको यस गीतमा उनको वास्तविक जीवनमा मेल खाएको उनको भनाई रहेको छ।

आफ्नो वैवाहिक जीवन टुंगाएर धेरै अगाडी बढिसकेकी उनी अब दुखद गीत नगाउने उनको सोच छ। उनले भनिन् ,’अब म रोमान्टिक, नाच्ने खालको गीत रिलिज गर्छु। यो गीत त मेरै जीवनसँग मेल खाने भएकोले मैले रिलिज गरेकी हुँ। अफिसियल भिडियो भने अब बिस्तारै सार्वजनिक गर्ने छु। ‘

पौष ११ गते आफ्नो सम्बन्ध बिछ्क्षेदको एक वर्ष हुने भएकोले उक्त दिन उनी डिभोर्ष एनिभर्सरी मनाउने योजनामा छिन्। आफ्नो प्रेमी उपस्थित भएको खण्डमा आफ्नो प्रेमीसँग केक काटेर नत्र पत्रकार साथै केहि आफन्तलाई निमन्त्रणा गरेर पहिलो डिभोर्ष एनिभर्सरी मनाउने उनले बताइन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू