पहिलो ‘भ्वाइस अफ नेपाल’को उपाधि सिडि विजय अधिकारीलाई (भिडियो)

मनिषा थापा

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पहिलो ‘द भ्वाईस अफ नेपाल’को उपाधी सिडि विजय अधिकारीले पाएका छन्। शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा उनी चुनिएका हुन्।

प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक/एक जना गरि ‘टप ४’ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो ।

गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।

टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन्। उनी टिम दिपबाट टप ४ मा परेका थिए।शुक्रबार दोहामा सम्पन्न ग्राण्ड फिनालेको कार्यक्रम हेर्नुहोस् भिडियोमा…




प्रतिक्रिया